सदनमा प्रतिगामी षड्यन्त्र जारी : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पनि प्रतिगामी षड्यन्त्र भइरहेको बताएका छन् । ५/६ महिनादेखि ‘बिना कारण’ सदनमा अवरोध गरिरहनु प्रतिगामी षडयन्त्रको हिस्सा रहेको उनले बताए ।
मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सदनभित्रको नाटक देख्नुभएकै छ तपाईहरुले । एमाले भन्ने गुटले बिनाकारण सदन अवरुद्ध गरेको ग¥यै छ । मैले संसद विघटन गर्नु जायज थियो, संसदले केही गर्न सक्दैन भन्ने देखाउनका लागि प्रतिगामी षड्यन्त्र सदनभित्र भइरहेकै छ ।’
प्रतिगमन गर्न हिजो सेटिङमा हिँडेका तत्व अहिले पनि सेटिङमै रहेको उनले बताए । ‘मधेसमा संघीयताको पक्षमा जबर्जस्त जनमत छ । समानुपातिक समावेशीको पक्षमा जनमत छ,’ उनले भने, ‘मधेसमा कसरी संघीयता, गणतन्त्र, समावेशीविरोधी शक्तिलाई बलियो बनाउने भनेर देशभित्रका प्रतिक्रान्तिकारी र देश बाहिरका प्रतिक्रियावादीबीचमा निकै ठुलो साँठगाँठ देखिएको छ ।’
हिजो प्रतिगमनका पक्षधर अहिले पनि प्रतिगमनकै पक्षधर रहेको प्रस्ट पार्दै उनले त्यसविरुद्ध गाउँगाउँमा गएर जनतालाई खबरदारी गर्नुपर्नेमा जोड दिए । कम्युनिस्ट क्रान्तिकारीका लागि आगामी चुनाव चुनावमात्र नभएर एउटा ‘ब्याटल’ का रुपमा रहेको उनले बताए । ‘प्रतिगमनकारी, विघटनकारीले जित्ने कि क्रान्तिकारीले जित्ने भन्ने ब्याटल हो,’ उनले भने, ‘गत वर्ष हामीले लडेर प्रतिगमन हुनबाट देशलाई बचाएकै हो ।’ प्रतिक्रान्तिकारीहरु पूरै पराजित भइनसकेको उल्लेख गर्दै उनले तिनीहरुलाई जनताको बलमा परास्त गर्नुपर्ने बेला आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री
-
व्यवस्था र अवस्था दुवै बदलियो : प्रधानमन्त्री ओली
-
टोल–टोलमा पुग्न ‘वडा केन्द्रित अभियान’ गर्ने तयारीमा एमाले
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्र प्रवेश, पाँच कम्पनीसँग सम्झौता
-
वर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता
-
ललितपुर महानगरपालिकाले मनायो स्थापना दिवस, तस्बिरहरू