काठमाडौंका शासकले मधेसका जनतालाई जहिले पनि दोस्रो दर्जाका नागरिक ठाने : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक परिवर्तन आउनु अघि काठमाडौंका शासकले मधेसका जनतालाई जहिले पनि दोस्रो दर्जाका नागरिकको रुपमा हेर्ने गरेको बताएका छन् । मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट त्यस्ता विभेदको रेखा कोर्ने राजा–महाराजालाई परास्त गरिएको उनले बताए ।
प्रतिगमनविरुद्धको संघर्षमा मधेसले फेरि पनि अगुवा भूमिका खेलेको भन्दै उनले प्रशंसासमेत गरे । ‘तपाईहरुले प्रतिगमनका विरुद्ध जिल्ला सदरमुकाम र गाउँगाउँमा गरेका पहलकदमीमात्र होइन, मधेसबाट काठमाडौंका सडकमा गएर देशभरि सन्देश दिने भूमिका निर्वाह गरेकोमा तपाईहरु सबै धन्यवादका पात्र हुनुहुन्छ ।’ अहिले नेकपा माओवादी केन्द्र रुपान्तरण र क्रान्तिकारी विचार विकासको चरणमा प्रवेश गरेको उनले बताए । यो प्रक्रियामा पनि मधेसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास थियो । समाजवादी क्रान्तिको अगुवाई मधेसले नै गर्ने उनले प्रस्ट पारे ।
तराई मधेस रणनैतिक, भौगोलिक उपस्थितिको हिसाबले पनि धेरै महत्वपूर्ण रहेको भन्दै उनले नेपालको राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनता, नेपालको भौगोलिक अखण्डताको रक्षामा पनि पहरेदार भएर उभिएको प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८१ सालका यी हुन् उत्कृष्ट ५ फिल्मी गीत, कसको कति भ्युज ?
-
तीनकुनेको घरमा आगजनी गर्ने दुई जना पक्राउ
-
रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि छलफल जारी
-
२०८१ चर्चित ५ गीत : ‘म त ढलेँ ढलेँ’ र ‘दुश्मन हेरेको हेर्यै’ ततायो बजार
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउनेगरी भएको मापदण्ड संशोधनविरुद्ध सर्वोच्चमा रिट