शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेको दुई वटा वेवसाइट दुई थरी तथ्याङ्क, कुनलाई मान्ने ?

मङ्गलबार, ०८ चैत २०७८, १६ : १४
मङ्गलबार, ०८ चैत २०७८

सेयर बजार कारोबार सम्बन्धि तथ्याङ्क दिने दुई वटा वेवसाइट छ । नेपाल स्टक एक्सचेन्ज डट्कम र नेपाल स्टक एक्सचेन्ज डटकम डटएनपी । तर यी दुई वेवसाइटको तथ्याङक एक अर्कोमा मेल खादैन । मंगलबार यस्तै भएको छ । 
नेपाल स्टक एक्सचेन्ज डट्कमको तथ्याङ्क अनुसार मंगलबार नेप्से सूचक १२ दशमलभ ५४ अंकले बढेर २६ सय ६४७ दशमलभ २० अंकमा उक्लिएको छ । तर, यता सोही दिन नेप्सेको अर्को वेवसाइट नेपाल स्टक एक्सचेन्ज डटकम डटएनपीले भने नेप्से सूचक १६.०४ अंकले बढेर २६ सय ५० दशमलभ ७० अंकमा पुगेको जनाएको छ । आधिकारिक चाहिँ कुन ? कुन चाहीँ तथ्याङ्कलाई आम लगानीकर्ताहरुले मान्ने ?

यद्यपि, यस्तो समस्या आज मात्र आएको होइन । पटक पटक नेप्सेको वेवसाइट तथा सिस्टममा आउँला लगानीकर्ताहरूले दुःख पाइरहेका हुन्छन् । कहिले सर्वर डाउन भएर त कहिले सेयर कारोबार सिस्टम (टीएमएस) मा समस्या आएर यस्तो हुने गरेको छ । यसले समस्या आम लगानीकर्ताहरु आजित भएका छन् ।

किन भयो यस्तो ?
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली इन्ड अफ द डे (ईओडी) अपडेटमा समस्या हुँदा यस्तो हुन सक्ने बताउछन् । दिनभरिको कारोबारलाई एकैपटक भएका साइटहरुमा तथ्याङ्क चढाउँदा कुनैले छिटो र कुनैले ढिलो पडेट फाल्दा त्यस्तो देखिन गएको हुनसक्ने बताउछन् । यद्यपि, यसको अध्ययन गरेर मात्र भन्न सकिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप