सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

बाइडेन किन युक्रेनको भ्रमण गर्दैनन् ?

मङ्गलबार, ०८ चैत २०७८, १५ : ३९
मङ्गलबार, ०८ चैत २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन भ्रमणको सम्भावनाको बारेमा खोजी गरिएको थिएन । तर युद्धग्रस्त क्षेत्रमा नजानुका पछाडि केही कारण भएको ह्वाइट हाउसका प्रेस सल्लाहकार जेन साकीले बताएकी छन् ।

‘हामीले यस विकल्पको  बारेमा खोजी गरेका छैनौ,’ युक्रेनको भ्रमणको बारेमा पनि सोच्न सकिन्छकी भनेर सोधिएको प्रश्नमा साकीले बताइन् ।

बाइडेनको युक्रेन भ्रमणको विषयमा कुनै पनि किसिमका योजना नभएको उनले ट्वीटरमार्फत बताएकी छन् ।

युद्धग्रस्त क्षेत्रमा भ्रमण नगर्नु सुरक्षा चासोबाट मात्रै होइन । त्याहाँ प्रसस्त मात्रामा स्रोत साधन भएको र त्यसबाट युक्रेनको अवस्थाको बारेमा थाहा पाउन सकिने भएकाले सोही मुलुकमा भ्रमण गर्नु आवश्यक नभएको प्रवक्ताले बताइन् । यो सधैको कारण हो । यो भन्दा पूर्वका समयमा पनि यसै किसिमबाट कुनै पनि मुलुकको अवस्थाबारे जानकारी लिन सकिन्थ्यो ।

‘तर राष्ट्रपतिले पनि महसुस गरे र सुरक्षा टोलीले निरन्तर सैन्य समन्वय, मानवीय र आर्थिक समन्वय दुवै निर्धारण गर्न ब्रसेल्समा नेटो नेताहरु, जि–७, ईयूसँग बैठक बोलाएर सबैभन्दा प्रभावकारी यात्रा गर्न सक्ने महसुस गरे ।

‘नजिकैको पोलयान्डमा गएर शरणार्थी, शरणार्थी सहयोगको  बारेमा कुराकानी गर्न सकिन्छ,’साकीले बताइन् ।

बाइडेनले मार्च २४ मा ब्रसेल्समा आयोजना हुने नेटोको सम्मेलन र अन्य भेटघाटमा भाग लिने समयतालिका निर्धारण गरिएको छ । त्यसपछिका दिनमा उनी आफ्नो पोलिस समकक्षीसँगको भेटघाटमा जान सक्ने ह्वाइट हाउसले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप