शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बेलायती पुरुषले तोडे आफ्नै रेकर्ड, एउटै बोटमा फलाए एक हजार २६९ गोलभेँडा

मङ्गलबार, ०८ चैत २०७८, १५ : २५
मङ्गलबार, ०८ चैत २०७८

एक बेलायती पुरुषले एउटै बोटमा ८३८ चेरी गोलभेँडा फलाएको आफ्नै पुरानो रेकर्ड तोडेका छन् । उनले अर्को एउटै बोटबाट एक हजार २६९ गोलभेँडा फलाएपछि पुरानो रेकर्ड तोडिएको हो ।

बेलायतको हर्डफोर्डशायरका डगलास स्मिथले गोलभेँडा फलाउने विभिन्न वैज्ञानिक तरिका पढेका थिए । यसपछि उनले माटोको नमुना विश्लेषणका लागि प्रयोगशालामा लगे । यसपछि गोलभेँडा रोपे, र एउटै बोटबाट धेरै गोलभेँडा फलाएर गिनिज बुक अफ वर्ल्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् ।

स्मिथले १० वर्ष अघि एउटै बोटबाट ८३९ वटा गोलभेँडा फलाएको आफ्नै रेकर्ड तोडेका हुन् । उनले आफ्नो बगैँचामा गिनिज बुक अफ वर्ल्डमा रहेको विश्वकै ठूलो ६.८५ पाउन्डको गोलभेँडा फलाएपछि यसबाट प्रेरित भएको बताएका छन् । यो गोलभेँडा बेलायतकै ठूलो हो । यो गोलभेँडा विश्व रेकर्ड राख्नबाट भने थोरैले चुकेको थियो । उक्त गोलभेँडा १० पाउन्डको अमेरिकामा फलेको गोलभेँडाको तुलनामा सानो हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप