बाम एकताको विकल्प छैन : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी सैद्धान्तिक र वैचारिक रुपमा एकै ठाउमा रहेकाले फरक फरक दल बनाउनु जरुरी नभएको बताएका छन् । उनले राजनीतिक स्थिरता र सम्बृद्धिका लागि तीनवटै पार्टी एक ठाउमा आउनुको विकल्प नभएको पनि बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न वाम शक्तिहरु एक ठाउमा आउनुपर्ने बताएका छन् । भुसालले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विभाजनको औचित्य नरहेको भन्दै तीनवटै पार्टी समाजवाद चाहेकाले आफुले एकताको पक्षमा आवाज उठाएको बताए । मंगलबार काठमाडौमा सञ्चारकर्मीसँग छलफल गर्दै भुसालले भने, ‘पार्टी विभाजनको सैद्धान्तिक र वैचारिक आधार छैन । कम्तीमा तीन पार्टी र अन्य पार्टीहरू जो चुनावमा जान्छन् यदि तपाई जानुहुन्छ भने के भनेर जानुहुन्छ समाजवाद ल्याउने हो भनेर जानुहुन्छ । आजै समाजवादी उत्पादन सम्बन्ध कायम गर्न सक्नुहुन्न । त्यसको तयारी गर्नुपर्छ । त्यसका लागि मुलुकलाई सम्बृद्धितर्फ लैजानुपर्छ ।’, नेता भुसालले सैद्धान्तिक रुपमा पनि तीन पार्टीले गर्ने कुरा एउटै रहेको बताए ।
‘वैचारिक सैद्धान्तिक एउटै कुरा गर्ने हो भने तीनवटा पार्टी किन चाहिन्छ ? यो भन्दा हास्यास्पद कुरा के हुन्छ ?’, भुसालको प्रश्न छ । सिद्धान्त र विचारको रामरमिता गर्न नहुने बताउदै भुसालले एकताको पहल गर्ने दायित्व एमालेकै काँधमा रहेको भनाइ छ । उनले आगामी चुनावमा वाम पार्टीहरू छुट्टाछुट्टै लड्दा र एउटै भएर लड्दा आउने परिणाम फरक हुने भएकाले आफूले एकताको पक्षमा आवाज उठाएको पनि बताए ।
‘वामहरुले एक ठाउमा उभिदा जित्ने चीज धेरै ठुलो र प्रभावकारी हुन्छ । यसो गर्दा कम्युनिस्ट पार्टी र आन्दोलनको पक्षमा परिणामलाई सुनिश्चित गर्न पनि हामीले एकता गर्नुबाहेक कुनै विकल्प छैन’, भुसालको दावी छ । कम्युनिस्ट पार्टीहरूका धेरै नेता कार्यकर्ता एकताकै पक्षमा रहेको भन्दै भुसालले कम्युनिस्ट आन्दोलनको विभाजनमा मात्रै आफ्नो भविष्य देख्नेहरुमात्र एकताको पक्षमा नभएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
झापा पुगेर प्रचण्डको ओली लक्षित टिप्पणी– हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो
-
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
-
चम्किला ज्याकेट लगाएका मान्छेको सडकमा आतंक
-
माछापुच्छ्रेमा क्रसरले तिरेनन् ४९ करोड, पालिकामा रेकर्ड न राजश्व
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी