शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुसले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरेको छ : बाइडेन

मङ्गलबार, ०८ चैत २०७८, १४ : १०
मङ्गलबार, ०८ चैत २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरिरहेको आरोप लगाएका छन् । यसले युक्रेनमा ‘युद्ध अपराध’ का प्रमाणहरु संकलन गर्न मद्दत गर्ने बताउँदै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी सेनाले अन्धाधुन्दा आक्रमण गरेको आरोप लगाएको हाे । 

रुसी सेनाले युक्रेनमा रणनीतिक महत्वका क्षेत्रमा निशाना बनाइरहेका बेला राष्ट्रपति बाइडेनको सो भनाइ आएको हो । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि पुनः आह्वान गरेका छन् । उनले नेटोमा किभको सदस्यता बन्ने योजना त्याग्न तयार रहेको बताएका छन् । 

उता, राजधानी किभमा बुधबार बिहानसम्मका लागि पुनः कर्फ्यू घोषणा गरिएको छ । राजधानीमा रुसी सेनाले अझै बढी गोलाबारी गर्न सक्ने मेयरले चेतावनी दिएपछि कर्फ्यू घोषणा गरिएको हो । 

बाइडेनका पछिल्ला टिप्पणीहरुलाई लिएर रुसले अमेरिकी दूतलाई बोलाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप