मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशः चौथो पटक पनि प्रदेशसभा बैठक स्थगित

मङ्गलबार, ०८ चैत २०७८, १४ : ०२
मङ्गलबार, ०८ चैत २०७८

मधेस प्रदेशको प्रदेशसभा बैठक चौथो पटक पनि स्थगित भएको छ । बुधवार १ बजेका लागि बोलाइएको बैठक स्थगित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । अब शुक्रवार २ बजे बोलाइएको प्रदेशसभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

यस अघि फागुन २२ गते बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित भएको छ । यसअघि फागुन १ गते, फागुन १० गते र फागुन २२ गते बोलाइएको बैठक स्थगित गरिएको थियो । फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएका थिए भने १० गते बोलाइएको बैठकको समय सभामुख सरोज कुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका थिए ।

त्यस्तै फागुन २२ गते बोलाइएको बैठक नेपाली काँग्रेस जिल्ला अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका व्यक्तिहरू मधेस प्रदेशको भ्रमणको क्रममा रहेकाले स्थगित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप