चिनियाँ अधिकारीमाथि अमेरिकाको भिसा प्रतिबन्ध
चीनले आफ्नै मुलुकमा र विश्वभरि मानव अधिकारकर्मी तथा असन्तुष्ट पक्षलाई दबाएको र निरुत्साहित गरेको आरोपमा चिनियाँ अधिकारीमाथि भिसा (प्रवेशाज्ञा) प्रतिबन्ध लागु गर्ने भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्री एन्टोनी ब्लिनकेनले चीनमाथि उइगुरको हत्या र तिब्बत तथा हङकङमा थिचोमिचो गरेको आरोप लगाएका छन् । चीनले असन्तुष्टहरु र मानव अधिकार रक्षकहरूलाई दबाएको र हतोत्साहित पारेको उनको भनाइ छ ।
‘मानवअधिकारको दुरुपयोग गर्नेले यसको नतिजा भोग्नुपर्ने छ,’ उनले थपे ।
जनजाति र अलपसङ्ख्यकको यस्तो अवस्था आउन नदिनका लागि चीनले गरेको प्रयास अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकी प्रतिबन्धले ती व्यक्तिहरूलाई लक्षित गरेको छ, जो यी समुदाय, अभियन्ता र नागरिक समाजको नीति र कदमहरू उठाउन जिम्मेवार छन् । ‘हामी विश्वभरि मानव अधिकारको रक्षा गर्न प्रतिबद्ध छौँ,’ उनले थपे ।
बेइजिङले उइगरलाई अमेरिकी जनताकातर्फबाट गरिने सहयोग अस्वीकार गरेको आरोप पनि उनले लगाएका छन् । चीनले उनीहरूको परिवारलाई देशबाट बाहिर जानबाट समेत रोकेको आरोप ब्लिनकेनको छ ।
शुक्रबार अमेरिकी राष्ट्रपति र चिनियाँ समकक्षी सी जिनपिङबीच भएको टेलिफोन वार्तापछि बाइडेनले चीनले यदि रुस विरुद्धको प्रतिबन्ध अस्वीकार गरेमा नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिँदै मस्कोविरुद्ध अमेरिकी नेतृत्वमा आबद्ध हुन आग्रह गरेका छन् । यसको प्रतिक्रियामा बेइजिङले पनि चीन एक स्वतन्त्र मुलुक भएको र एकपक्षीय प्रतिबन्धको विरोध गर्नु उसको अधिकार भएको जवाफ फर्काएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन