शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा अभिनेत्री गायत्रीको निधन

मङ्गलबार, ०८ चैत २०७८, १३ : ३२
मङ्गलबार, ०८ चैत २०७८

तेलेगु अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको छ । सवारी दुर्घटनामा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन्  । दुर्घटना हैदराबादको गच्चीबोली क्षेत्रमा भएको थियो ।
रिपोर्टका अनुसार उनी साथीसँग कारमा यात्रा गरिरहेकी थिइन् । दुर्घटनामा उनको साथीको पनि निधन भएका छ । कार उनको साथीले चलाएकी थिइन् । कार सडक डिवाइडरसँग ठोकिएर दुर्घटना भएको बताइन्छ ।

२६ बर्षीय अभिनेत्री गायत्री वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् । यसको अलवा उनले कयौ सट फिल्ममा समेत काम गरेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप