सर्लाहीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मङ्गलबार, ०८ चैत २०७८, ११ : १७

सर्लाहीको गोडैता नगरपालिका–१० मा सोमबार राति जिपको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देबी मंण्डल रहेकी छिन् । उनको अस्पताल लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा ६५ वर्षीया जयकलिया देवी मण्डल गम्भीर घाइते भएकी छिन् । उनको मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । गएराति साढे ९ बजे भारतीय नम्बरको जिपले पैदलयात्रीद्धयलाई एकैसाथ ठक्कर दिएको हो । जिप सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी गोडैताले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत