बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भारत : २ महिनाकी छोरीको घाँटी थिची हत्या, लुकाउन ओभनमा हालियो

मङ्गलबार, ०८ चैत २०७८, ११ : ०९
मङ्गलबार, ०८ चैत २०७८

भारतको राजधानी दिल्लीमा एक निकै विभत्स घटना सार्वजनिक भएको छ । यहाँ एउटी आमाले आफ्नी दुई महिनाकी शिशुको घाँटी थिचेर हत्या गरेकी छिन् । घाँटी थिचेर हत्या गरेपछि महिलाले शिशुलाई ओभनमा हालेकी थिइन् । आमाको बर्बरताको कारण ज्यान गुमाउने शिशुको शव कब्जामा लिएर प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । घटना दिल्लीको मालवीय नगर थाना क्षेत्रको चिराग दिल्ली गाउँको हो ।

भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित जानकारी अनुसार चिराग दिल्ली गाउँमा एक महिलाले छोराको साटो छोरी जन्मिएका कारण उनको हत्या गरिदिएकी छिन् । हत्यापछि आरोपी महिलाले शवलाई घरको छतमा राखिएको माइक्रोवेब ओभनमा लुकाएकी थिइन् । परिवारले बालिका गायब भएको सूचना प्रहरीलाई दिए । घरमा अनुसन्धानको क्रममा बालिका अनन्या कौशिकको शव भेटियो ।

बालिकाको शवलाई कब्जामा लिएर मालवीय नगर थानाको प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । हाल प्रहरीले बालिकाका आमा–बुवालाई हिरासतमा लिएर सोधपुछ सुरु गरेको छ । परिवारमा गुल्शन कौशिक र डिम्पल कौशिकबाहेक उनीहरुका चार वर्षका छोरा र दुई महिनाकी छोरी अनन्या कौशिक बस्दथे । गुलशनकी आमा र भाइ पनि उनीहरुसँगै बस्दछन् र घरको तल्लो तलामा किराना पसल चलाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप