बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विश्वव्यापी उर्जा संकट कम गर्न दैनिक तेलको माग घटाउन चेतावनी

मङ्गलबार, ०८ चैत २०७८, १० : ५८
मङ्गलबार, ०८ चैत २०७८

युक्रेनमा रुसी अतिक्रमणका कारण सिर्जित विश्वव्यापी उर्जा संकटको अवस्थामा तेलको मागलाई कसरी घटाउने भन्ने सम्बन्धमा विश्वभरिका सरकारहरुले सोच्ने बेला आएको अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले चेतावनी दिएको छ । उर्जा निगरानी गर्ने संस्थाले यसका लागि १० बुँदे उर्जा योजनाको विस्तृत विवरण दिएको छ । यसमध्ये राजमार्गमा प्रतिघण्टा ६ माइलले गती सीमा घटाउने, १ सातासम्म ३ दिन घरैबाट काम गर्ने र शहरहरुमा आइतबार कार मुक्त गराउने लगायतका छन् ।

मस्कोमाथि लगाइएको प्रतिबन्धले युरोपमा हुने एक तिहाई आपूर्ति रोकिने छ । यसले विकसित अर्थतन्त्रहरू अमेरिका र युरोपेली संघको आवश्यकताको पूर्ति गर्न मुश्किल हुने छ ।

आपतकालीन योजनाका अन्य कदमहरूमा कार सेयरिङ गर्ने, उच्च गती प्रयोग गर्ने र हवाईजहाजको सट्टा रात्रीकालिन रेलहरुको प्रयोग गर्ने, सम्भव भएसम्म बिजनेस हवाई यात्रा त्याग्ने, हिँडाई, साइक्लिङ र सार्वजनिक सवारी साधन प्रयोग गर्ने लगायतका छन् ।

यदि यी योजनाहरु पूर्ण रुपमा कार्यान्वयन भएमा विश्वव्यापी तेलको मागलाई ४ महिनाभित्र दैनिक २७ लाख ब्यारेलले कम गर्न सकिन्छ । यो चीनमा सबै कारले प्रयोग गर्ने बराबरी भएको आइइएले जनाएको छ । यदि उदीयमान अर्थतन्त्रहरु जस्तै भारत र चीनले पनि यसलाई अंगिकार गरेमा प्रभाव व्यापक हुन सक्छ ।

यद्यपि, आपतकालिन कदमले विशेषगरी यातायातका लागि खनिज इन्धनमा निर्भर रहेको विश्वव्यापी अर्थतन्त्रमा सुस्तता आउन सक्ने छ । त्यसैले आइइएले विकल्प खोज्नुुको सट्टा टाउको दुखाएर बस्नु नै उत्तम भएको जनाएको छ ।

‘युक्रेनको बिरुद्धमा रुसको आक्रामकताको नतिजाले विश्वले आफ्नो ठुलो तेल आपूर्तिको सामना गर्नु परिरहेको छ । यसले हाम्रो अर्थतन्त्र र समाजमा विशाल असर पर्न सक्छ,’आईइएका कार्यकारी निर्देशक फतिह बिरोलले एक विज्ञप्तिमार्फत बताएका छन् । रुस २०२१ मा विश्वकै दोस्रो ठूलो तेल आपूर्तिकर्ता मुलुक थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप