बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

चीनमा ४,२२७ दिनपछि विमान दुर्घटना, १३२ यात्रुको अवस्था अज्ञात

मङ्गलबार, ०८ चैत २०७८, १० : ५१
मङ्गलबार, ०८ चैत २०७८

चाइना इस्टर्नको बोइङ–७३७ विमान दुर्घटना भएपछि ४,२२७ दिन सम्म चीनमा विमान दुर्घटना नभएको रेकर्ड तोडिएको छ । १३२ यात्रु रहेको उक्त विमान सोमबार दिउँसो चीनको  ग्वाङसी झुआङ स्वायत्त क्षेत्रमा दुर्घटना भएको थियो । यसले पहाडी क्षेत्रमा आगो समेत लागेको थियो ।

फ्लाइट डाटाका अनुसार विमानले राडार सम्पर्क गुमाएको थियो । दुर्घटना पूर्व विमान ८,८६९ मीटरको उचाइमा रहेको थियो । अनलाईमा वितरित भएको तर प्रमाणित भइ नसकेको भिडियोले विमान ठाडै जंगलमा खसेको देखिएको छ ।

चीनमा भएको यो विमान दुर्घटना २०१० पछिकै पहिलो हो । उक्त समयमा उत्तरपूर्वी चीनको हिलोङचियान प्रान्तमा विमान दुर्घटना भएको थियो । यीचुनमा भएको विमान दुर्घटनामा ४४ मानिस मारिएका थिए । विमान दुर्घटनाको लगत्तै राष्ट्रपति सि जिनपिङले सबै छानबिन गर्न र उद्धार कार्य गर्न आदेश दिएको सिन्ह्वा समाचार समितीले जनाएको छ ।

चीनको मन्त्री परिषद् ‘स्टेट काउन्शील’ले दुर्घटनालाई प्राथमिकताका साथ छानबिन गर्न र कारण पत्ता लगाउने सम्भव भएसम्म चाडो पत्ता लगाउन अधिकारीहरुलाई खटाउने जनाएको छ ।

चाइना इस्टर्न एयरलायन्सको आधिकारिक वेब साइटलाई दुःखप्रति समवेदना व्यक्त गर्न कालो र सेतो  बनाइएको छ । एयरलाइन्सले यात्रु र उडानमा रहेका चालक दलप्रति गहिरो दुःख व्यक्त गरेको छ र अनुसन्धान सहित सक्रिय रुपमा समन्वय गर्ने जनाएको छ ।

युनानको सहुलियतमा चलेको चाइना इस्टर्न एयरलायन्सको विमान बोइङ–७३७–८०० रहेका छन् । यी विमानहरु साढे ६ वर्षदेखि मात्रै संचालनमा आएका छन् । यो विमान २०१५ को जुनमा मात्रै आपूर्ति गरिएको थियो । दुर्घटनापछि कम्पनीका सबै बोइङ ७३७–८०० विमान ग्राउन्डेड गर्ने निर्णय गरेको स्रोतले बताएको ग्लोबल टाइम्सले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप