शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

युक्रेन युद्ध : रुसको हाइपरसोनिक मिसाइल दाग्नु ध्यान भड्काउने कोसिस – बेलायत

मङ्गलबार, ०८ चैत २०७८, १० : ३४
मङ्गलबार, ०८ चैत २०७८

बेलायतको रक्षा मन्त्रालयले युक्रेनमा रुसको तर्फबाट हाइपरसोनिक मिसाइलको प्रयोगको उद्देश्य उसको अभियानमा जमिनी स्तरमा कुनै प्रगति नभएका कारण ध्यान भड्काउने एउटा तरिका भएको बताएको छ ।

पछिल्ला थुप्रै दिनमा रुसले पश्चिमी युक्रेनमा हाइपरसोनिक मिसाइल दागेको दाबी गरेको छ । रुसले कुनै युद्धमा यी मिसाइल प्रयोग गरेको यो पहिलो पटक हो ।

रुसी अधिकारीले किंजल नामले चिनिने हाइपरसोनिक मिसाइल ६ हजार किलोमिटर प्रति घण्टाभन्दा बढीको गतिले २००० किलोमिटर टाढासम्मको लक्ष्यलाई मार हान्न सक्षम भएको दाबी गरेका छन् ।

यद्यपि, बेलायतको रक्षा मन्त्रालयको आँकलन अनुसार यी मिसाइलले युक्रेनमा रुसको अभियानमा भौतिक रुपमा कुनै प्रभाव पार्ने सम्भावना निकै कम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप