मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

गुल्मीको सरकारी अस्पतालमा बिरामीको संख्या बढेपछि टोकन प्रणाली

मङ्गलबार, ०८ चैत २०७८, १० : २०
मङ्गलबार, ०८ चैत २०७८

गुल्मीको सरकारी अस्पतालमा चाप भइ बिरामीले घण्टौंसम्म लाइन बस्नुपर्ने सास्तीलाई मध्यनजर गर्दै टोकन प्रणाली लागु गरिएको छ ।  गुल्मी अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष भरत पाण्डेले टोकन प्रणाली लागू गरिएको बताए । 

 टोकन प्रणाली शुरु भएपछि अस्पतालको बहिरंग विभागमा आएका बिरामीले टिकट काट्न र डाक्टरलाई जाँच गराउन लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने उनको विश्वास छ । गुल्मी जिल्ला अस्पतालमा दैनिक तीन सय भन्दा  बढी बिरामी बहिरंग विभागमा आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. उत्तम पच्याले जानकारी दिए  । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप