बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

करिश्मा आज एमाले प्रवेश गर्दै

मङ्गलबार, ०८ चैत २०७८, ०७ : ४६
मङ्गलबार, ०८ चैत २०७८

अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । यसअघि नै एमाले जाने बताएकी मानन्धर मंगलबार औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेकी हुन् । 

एमाले नेता विष्णु रिजालका अनुसार मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुने कार्यक्रम रहेको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले रिजालले जानकारी दिएका छन् । 

यसअघि उनले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गरिन् । नयाँ शक्ति पार्टी संघीय समाजवादीमा एकीकरण भएपछि पनि करिश्माले केही समय काम गरिन् । तर, विस्तारै उनी राजनीतिबाट निष्क्रिय बनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप