आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

किभको सपिङ मलमा क्षेप्यास्त्र प्रहार, ८ जनाको मृत्यु

मङ्गलबार, ०८ चैत २०७८, ०७ : ००
मङ्गलबार, ०८ चैत २०७८

रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा रुसी सेनाले  क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ । विस्फोटमा केही घाइते भएका छन् । 

रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले विस्फोट गराएका हुन् । विस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो । विस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो । आगो निभाउन ६३ अग्नि नियन्त्रकहरू परिचालन गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । 

पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ । रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ । २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप