मासिक डेढ खर्ब व्यापार घाटा
विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेको छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०७८/७९ को फागुन मसान्तसम्म (आठ महिनामा) मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ।
यसरी हेर्दा मासिक १ खर्ब ४५ अर्ब रूपैयाँको व्यापार घाटा देखिन्छ। पोहोरको तुलनामा यो वर्ष व्यापार घाटा ३४.५ प्रतिशतले बढी हो। पोहोर सोही अवधिमा व्यापार घाटा ८ खर्ब ६३ अर्ब रूपैयाँ थियो। गत वर्ष १२ महिनाको अवधिमा व्यापार घाटा १३ खर्ब ९८ अर्ब रूपैयाँ रहेकोमा यो वर्षको आठ महिनामै साढे ११ खर्ब बढी पुगेको हो।
आठ महिनाको अवधिमा १३ खर्ब ८ अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भएको छ। पोहोरको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३८.६८ प्रतिशतले आयात बढेको छ। अघिल्ला महिनाहरूको तुलनामा आयात वृद्धिदरमा केही कमी आए पनि समग्रमा घाटा त्यति कम आएको थिएन । माघसम्म आयात ४२.७८ प्रतिशत थियो । पोहोर सोही अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड रूपैयाँको वस्तु आयात भएको थियो। चालु आवको फागुनसम्म कुल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब रूपैयाँ पुगेको छ। यो पोहोरभन्दा ४२.१३ प्रतिशतले बढी हो । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान