रुसी र युक्रेनी राष्ट्रपतिबीच वार्ता गर्ने बेला भएको छैन : क्रेमलिन
रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको रुसी राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने टिप्पणी गरे ।
केही दिन अगाडि दुई देशका राष्ट्रपति बीच कुराकानी हुनसक्ने बताउनु भएका पेस्कोभले तर अहिले नभई अलि ढिला मात्रै कुराकानी हुनसक्ने स्पष्ट पारेका हुन् । उनीहरूका बीचमा वार्ता हुनेगरी कुनै घटनाक्रम विकास भएको र त्यस्तो परिपक्व वातावरण पनि बनिनसकेको उनको भनाइ छ ।
‘दुई देशका राष्ट्रपतिका बीचमा शान्ति वार्ता हुनका लागि अहिले पृष्ठभूमि तयार भइसकेको छैन’ प्रवक्ता पेस्कोभले सोमबार भने । शीर्ष तहको वार्ता हुनका लागि घटनाक्रमले एउटा मोड लिइसकेको हुनुपर्ने र पर्याप्त गृहकार्य पनि हुनुपर्ने उल्लेख गर्दै उनले ती केही पनि नभएको जानकारी दिए ।
वार्तामा के के विषयमा कसरी सहमति हुनसक्छ भन्ने स्पष्ट सङ्केत नदेखिएकाले अहिले नै वार्ता गर्नु सान्दर्भिक नहुने उनको भनाइ छ । गत फेब्रअरी २५ देखि रुसले युक्रेनमाथि आक्रमण गरेपछि दुवै देशका प्रतिनिधिमण्डलका बीचमा पटक पटक वार्ता भए पनि निकास निस्कन सकेको छैन ।
विश्व समुदायले पनि दुवै देशका शीर्ष नेताहरूलाई तत्काल वार्तामार्फत निकास निकाल्न र युद्ध रोक्न आग्रह गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान
-
काठमाडौँ महानगरको सिप मेलामा प्रशिक्षण लिनेको सङ्ख्या १० हजारभन्दा बढी
-
भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
-
उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा
-
नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी किन आवश्यक छ ?
-
सर्लाहीका आगलागी पीडितलाई सशस्त्रको राहत