साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित
साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । नेपाल सोमबार भएको खेलमा भारतसँग ५–१ गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन एस लिन्डा कोमले ह्याट्रिक पूरा गरिन् । त्यस्तै हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे ।
नेपालका लागि सन्दीपा भोलानले एक गोल गरिन् । खेलको १६ औं मिनेटमा हेमामले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । २३ औं मिनेटमा लिन्डाले गोरेको गोलमा भारतले अग्रता दोब्बर बनायो । ३८ औं मिनेटमा लिन्डाले गोल गर्दा भारतले ३–० गोलको अग्रता बनायो ।
अनिता कुमारीले ५६ औं मिनेटमा गोल गर्दा भारत ४–० ले अघि भयो । लिन्डाले ६२ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । नेपालका लागि ७९ औं मिनेटमा सन्दीपा भोलानले एक गोल गर्दा भारतले ५–१ गोलको जित निकाल्यो ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको थियो । नेपालले अन्तिम खेल बंगलादेशविरुद्ध मार्च २३ मा खेल्नेछ । जितसँगै भारतले ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ । दोस्रो स्थानको बंगलादेशको ३ अंक छ । शीर्ष टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या