काँग्रेस बागमती प्रदेशको कोषाध्यक्षमा श्रेष्ठ, प्रवक्तामा रुवाली चयन
नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडामा सोमबार भएको बैठकले कोषाध्यक्षसहित विभिन्न समिति र विभागहरु गठन गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्षमा दीर्घमान श्रेष्ठलाई चयन गरेको छ ।
बैठकले १६ सदस्यीय कार्यसम्पादन समितिसमेत थप गरेको छ । समितिको सदस्यहरूमा प्रभात तामाङ, सन्तबहादुर प्रजा, प्रमोद रिमाल, इन्द्रमान महर्जन, तारा गुरुङ्ग, कैलाश कोइराला, गंगा दाहाल रहेका छन् । त्यस्तै अर्जुन उप्रेती, नातिकाजी कार्की, सरु बानियाँ, विवशकुमार वाईबा, जितबहादुर मगर,चित्रबहादुर कार्की, महान अर्याल, डा। भगवान खड्का र लक्ष्मी महर्जन पनि कार्यसम्पादन समितिमा परेका छन् ।
त्यसैगरी बैठकले ९ सदस्यीय प्रदेश संसदीय समिति गठन गरेको छ । समितिको सदस्यहरूमा जगदिशनरसिं केसी, लामा कार्पु तामाङ, तिलक रुवाली,दीपेन्द्र आचार्य, भद्रा भण्डारी, कृष्णलाल भँडेल, निमा लामा, छिरिङ्ग दोर्जे लामा र अर्जुन न्यौपाने रहेका छन् । त्यस्तै बैठकले प्रवक्ता, लेखा समिति संयोजक, अनुशासन समिति र विभागहरुको संयोजकहरू समेत गठन गरेको छ ।
काँग्रेस बागमती प्रदेशको प्रवक्तामा तिलक रुवाली चयन भएका छन् भने लेखा समिति संयोजक कृष्णकुमार श्रेष्ठ (सिन्धुली) र सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा चम्फुरत्न लामा र तारादेवि दुलाल पन्त सदस्य रहेको प्रदेश अनुशासन समिति गठन गरिएको छ । त्यस्तै हेटौंडामा भएको तेश्रो बैठकले प्रदेश विभाग प्रमूखहरुसमेत तोकेको छ । कानुन तथा संसदीय मामिला विभागमा सानुकान्छा श्रेष्ठ, प्रदेश तथा स्थानीय निकाय उपेन्द्र लम्साल, भातृसंस्था समन्वय विभागमा प्रज्वल दवाडी, पेशागत तथा बुद्धिजीवीमा प्रा.डा. केशवभक्त सापकोटा रहेका छन् ।
भाषा, साहित्य कला संस्कृतिमा धनकुमारी थापा (सरु), शिक्षा विज्ञान तथा प्रविधिमा रमेशकुमार बखती, स्वास्थ्य विभागमा डा। अमित सिं कार्की, गैरसरकारी संस्था तथा सामाजिक सेवामा रुकु अधिकारी, उद्योग व्यापार वाणिज्य तथा आपूर्तिमा निर्मला पण्डित, युवा तथा खेलकुदमा राजिव पौडेल, ट्रेड युनियन तथा श्रमिकमा भगवती कुमारी खड्का र बैदेशिक रोजगार समन्वय विभागमा सविन तामाङ्ग संयोजक रहनुभएको प्रवक्ता रुवालीले जानकारी दिए ।
प्रदेश कार्यसमितिका सदस्यहरुलाई भोलि चैत्र ८ गते मंगलबार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म स्थानीय तह निर्वाचन सम्बन्धि प्रशिक्षण कार्यक्रम रहेको प्रवक्ता रुवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव भन्छन्– ‘केही काम नपाएपछि पार्टी खोल्ने र चन्दा माग्ने प्रवृत्ति हाबी भयो’
-
सुदूरपश्चिम प्रदेशसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
-
प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारी डा. भूसाललाई
-
गोर्खा सैनिक भर्ना नहुँदा भारतीय सेनामा यस्तो असर
-
रातोपाटीबाट सम्पादक दाहालको बिदाइ
-
करातेमा नेपाललाई ६ स्वर्णसहित २५ पदक