बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बागमती प्रदेश सदस्यमा ७९ जना मनोनित

सोमबार, ०७ चैत २०७८, २१ : २९
सोमबार, ०७ चैत २०७८

नेकपा एमाले बागमती प्रदेश कमिटीले ७९ जना सदस्य मनोनित गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीमा ७९ जना सदस्य मनोनित गरिएको जानकारी दिएको हो ।

प्रदेश कमिटीको फागुन २६ गते सम्पन्न तेस्रो पूर्ण बैठकले उनीहरुलाई सदस्यमा मनोनित गरेका एमाले बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए । मनोनित प्रदेश कमिटी सदस्य मध्ये मकवानपुरका ७, चितवनका १२, धादिङका २, रामेछापका ६, दोलखाका ७, सिन्धुपाल्चोकका ११, काभ्रेका ८, भक्तपुरका ५, ललितपुरका ७, काठमाडौंका ६, नुवाकोट र सिन्धुलीका ४÷४ जना रहेका छन् ।

यस्तै बैठकले पार्टीका सदस्यहरुको कार्य विभाजनसमेत गरेको छ । बैठकले पार्टीका प्रत्येक सदस्यहरु कुनै न कुनै कमिटीमा आवद्ध हुने र कमिटीका प्रत्येक सदस्यले गरेका कार्यको मापन गर्न सकिने गरी जिम्मेवारी प्रदान गरेको छ । जस अनुसार अध्यक्ष पाण्डेले समग्र प्रदेश राजनीति एवम् जनसंगठन समन्वय संयन्त्रको जिम्मेवारी लिएका छन् भने  उपाध्यक्ष  रामहरी सुवेदीले स्थानिय विकास विभाग, सचिव विजय सुवेदीले संगठन विभाग, उप–सचिव रत्न गुरुङले वित्त तथा कोष व्यवस्थापन विभाग, उप–सचिव महेश वर्ताैलाले प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिएका छन् ।

यस्तै बैठकले प्रदेशका १३ वटा जिल्लाका प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको इन्चार्ज पनि तोकेको छ भने प्रदेशका ११९ वटै पालिका र जनवर्गीय संगठनको इन्चार्ज तथा सहइन्चार्ज पनि खटाएको छ ।
बैठकले प्रदेश अन्तर्गत पार्टी काम अगाडि बढाउनका लागि चैतको पहिलो हप्ताभित्र सबै जिल्ला, पालिका र वडा कमिटीहरु निर्माण सकेर बैठक बसी टोल कमिटी निर्माणमा गरिसक्नुपर्ने र वडा तह सम्मका पार्टी कार्यालयहरु व्यवस्थित गर्नुपर्ने निर्णय गरेको छ ।

यस्तै आगामी निर्वाचनलाई लक्षित गरेर चैतभित्र नेपालको राजनीतिक परिवर्तनमा नेकपा (एमाले)को भूमिका, राष्ट्रिय हितका मुद्धामा नेकपा (एमाले)को अडान, समृद्ध नेपालको जग बसाउन  एमालेले आरम्भ गरेका कामहरु, जबज र पार्टीको मार्ग दर्शक सिद्धान्त र विचार, स्थानिय तह निर्वाचनमा फेरी पनि एमाले किन ? जस्ता विषयमा राजनीतिक प्रशिक्षण सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

यस्तै मतदाताका सदस्यहरु मध्ये कोही विदेशमा भएमा उनीहरुसँग सम्पर्क गरी निर्वाचनमा हाम्रो पक्षमा मतदानका लागि सहयोग माग्ने विगतमा पराजित भएको स्थानीय तहहरुमा कमीकमजोरी संकलन गरी घोषणा/प्रतिवद्धता पत्र तयार पर्ने, निर्वाचन परिचालन कमिटी परिचालन गरी ‘घर घरमा एमाले, मनमन एमाले’ नारासहित निर्वाचन अभियान घरदैलोमा जाने जस्ता निर्णय गरेको छ । बैठकले प्रदेश कमिटीका सदस्यहरुबाट जनही ५ सय रुपैयाँका दरले लेबी संकलन गर्ने निर्णय गरेको छ ।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप