शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

प्रहरी जवानको हत्या गर्नेलाई कारबाही गर्न माग

सोमबार, ०७ चैत २०७८, २१ : ०४
सोमबार, ०७ चैत २०७८

न्यायका लागि मानव अधिकारले मोरङ्गमा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सञ्जालले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

नागरिकको सुरक्षाका लागि खटिने प्रहरीको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । कानुन कार्यान्वनमा बाधा नगर्न नागरिकलाई पनि अनुरोध गरको छ । सञ्जालले कानुन हातमा लिएर प्रहरी जवानको हत्या गर्ने र बालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षकमाथि कारबाही गर्न माग गरिएको सञ्जाल​का संयोजक ईन्द्र प्रसाद अर्यालले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप