घले पक्षको भेला रोक्न एनआरएनए अध्यक्षले गुहारे प्रधानमन्त्री
संस्थाभित्रको विभाजनपछि गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । उनले शेष घले पक्षले समानान्तर महाधिवेशन डाकेपछि त्यसलाई रोक्न प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् ।
‘निर्वाचन, महाधिवेशन र विश्व सम्मेलनको मिति तय गरिसकेको र सहमतिको लागि आवश्यक छलफल भईरहेको अवस्थामा संघको नाममा अवैधानिक रुपमा केही असन्तुष्ट पक्षहरुले भोलि २२ मार्च, २०२२ देखि २५ मार्च २०२२ सम्म सम्मेलन तथा महाधिवेशन आयोजना गरेकाले त्यसलाई रोकी दिन हुनको लागि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष हार्दिक अनुरोध गर्दछु’, पन्तले लेखेको पत्रमा भनिएको छ ।
उनले यस वर्षको सम्मेलन तथा महाधिवेशन गत अक्टोवरमा सम्पन्न हुनु पर्नेमा केही आन्तरिक समस्याका कारण मार्च २४ र २५ मार्चमा निर्वाचन गर्न लागिएको पनि बताएका छन् । निर्वाचनपछि विश्व सम्मेलन तथा महाधिवेशन २६ र २७ आयोजना हुन गइरहेको समेत पत्रमा उल्लेख गरेका छन् ।
यहीबीचमा समानान्तररुपमा छुट्टै सम्मेलन हुन लागेको भन्दै उनले परराष्ट्रमन्त्री नारायण खड्कालाई पनि सो कार्य रोकिदिन आग्रह गरेका छन् । एनअराएनएभित्र संस्थापन र शेष घले–कुल आचार्य पक्षीबीचको विवादले छुट्टाछुट्टै महाधिवेशन गर्न लागिएको हो । यहीबीचमा उच्च अदालत पाटनले विवादबारे चैत ९ मा दुबै पक्षलाई छलफलका लागि बोलाउनुका साथै यो बीचमा निर्वाचनका कुनै पनि कार्य नगर्न भनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु