मोटरसाईकल दुर्घटनामा रुपन्देहीका युवकको मृत्यु
सोमबार, ०७ चैत २०७८, १९ : २१

सोमबार स्याङ्जामा भएको मोटरसाईकल दुर्घटनामा रुपन्देहीका एक युवकको ज्यान गएको छ । प्रहरीका अनुसार मोटरसाईकल दुर्घटनामा परि रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ फर्सटिकट घर भएका २७ वर्षीय जितेन्द्र पटेलको मृत्यु भएको हो । ।
स्याङजाको गल्याङ नगरपालिका–१ नब्बेस्थित सिद्धार्थ राजमार्गमा ग१५ प ७४४७ नम्बरको मोटरसाइकल र लु २ ख ५२९० नम्बरको फोर्स गाडी एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना भएको थियो । त्यस दुर्घटनामा मोटरसाइकल चालक पटेल गल्याङ बजारमा कुशल मोटरसाइकल वर्कसपमा काम गर्दै आएका थिए ।
गम्भीर घाइते भएका उनको नगर अस्पताल गल्याङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फोर्स गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा
-
एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल
-
४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा
-
बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?
-
परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छ : डा.प्रकाशशरण महत
-
बागमतीमा धमाधम बजेट निर्माण, कुन मन्त्रालयलाई कति सिलिङ ?