सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इटालियन स्वादको वाइन नेपाली बजारमा

सोमबार, ०७ चैत २०७८, १९ : १०
सोमबार, ०७ चैत २०७८

जिमी ग्रुपले इटालियन स्वादको नयाँ वाइन  बजारमा ल्याएको छ । इटालियन ब्राण्डको नयाँ  स्वाद भएको वाइन  ‘जिमी गोसे’ सोमबारदेखि बजारमा आएको ग्रुपले जानकारी दिएको हो ।

ग्रुपका अनुसार अंगुरबाट बनेको वाइन उच्च गुणस्तर स्वाद र सुगन्धसहितको ‘रेड’ र ‘ह्वाइट’ दुवै थरीको ‘जिमी गोसे’ रहेको जनाएको छ । कम्पनीका अनुसार ७५० एमएलको आकर्षक बोतलमा रहेको उक्त वाइनमा १३ प्रतिशत अल्कोहल रहेको छ ।

अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको वाइन उच्चतम प्रविधिको प्रयोग गरी उत्पादन गरिएको कम्पनीले बताएको छ । जिमी ग्रुप कम्पनीले नेपाली बजारमा भित्र्याइएको  वाइनको देशभर बजार व्यवस्थापन मस्टा ग्रुपले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप