मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसकाे अभियान देखेर बालकोटमा ओली छट्पटिएका छन् : नैनसिंह महर

सोमबार, ०७ चैत २०७८, १८ : ५८
सोमबार, ०७ चैत २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेसको घरघर अभियानले बालकोटमा केपी शर्मा ओलीलाई छटपटी भएको बताएका छन् । काँग्रेसको एक महिने ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको सिलसिलामा पुनर्वास नगर समितिको आयोजित कार्यक्रममा महरले  काँग्रेसको अभियानमा नेपाली काँग्रेसप्रति जनलहरले बालकोटमा केपी शर्मा ओलीलाई छट्पटी भएको बताएका छन् । काँग्रेसको रुख चिन्हमा भोट हाल्न बन्चित भएका जनता आगामी चुनावमा रुखमा भोट हाल्न आतुर भएको बताएका हुन् ।

केन्द्रीय सदस्य महरले '​स्थिर सरकार,समृद्ध नेपाल र सुखी नेपालीको’ नारा दिएर दुई तिहाई बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ३ बर्षको शासनकाल जनताका भ्रष्टाचार, कुशासन र ब्यथितीबाट आजित भएका जनता रुख चिन्हमा भोट हाल्न आतुर रहेका छन् । काँग्रेसको घरघर अभियानमा जनताको अपार, स्नेह र माया देखिएको छ । जनताको जनलहर हामी उत्साहित भएका छौं,' ।
 
महरले भने '​काँग्रेसका प्रती जनताको आश जोगिएको छ। देशमा सबै परिवर्तनको आन्दोलन काँग्रेसको नेतृत्वमा सम्पन्न भएको र देश विकासको जिम्मेवारी पनि काँग्रेसले नै पूरा गर्ने छ। काँग्रेसको आन्तरिक मतभेदलाई छोडेर पार्टीलाई एक जुट भएर अगाडि बढ्नु पर्छु ।'


एमसीसीबारे कम्युनिष्टहरुले जनतामाझ भ्रम छर्दै लगेको भन्दै उनले एमसिसी प्रक्रियामा सबै कम्युनिस्टहरु सरकार सहभागी अगाडि बढाएको अहिले  एमसीसीबारे जनतामा भ्रम फैलाउँदै गएका पनि बताए ।

पार्टीले काँग्रेसको एक महिने ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानका लागि नेता महर कञ्चनपुर जिल्लामा खटाइएको थियो  । अहिले काँग्रेसका केन्द्रीय सदस्य महरले कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रका घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । उक्त कार्यक्रममा माओवादी केन्द्र र एमाले पार्टीका सयौं नेता कार्यकर्ताले पार्टी परित्याग गरि काँग्रेस पार्टीमा प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप