बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

झण्डै ४ करोड लागतमा मालिका रिङरोड खोलियो

सोमबार, ०७ चैत २०७८, १८ : ४९
सोमबार, ०७ चैत २०७८

गुल्मीको मालिका गाउँपालिकाले  झण्डै ४ करोड लागतमा  सबैै वडाहरू जोड्न रिङरोडको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ । जिल्लाको मालिका गाउँपालिका भित्रका आठ वटै वडा जोड्नका लागि ३ करोड ८३ लाख  लाखमा  मालिका  रिङरोड निर्माण गरिएको हो ।

गाउँपालिकाको केन्द्र अर्खबाङ्गबाट तिरतिरे–सिमलटारी–अर्जै–बोम–नेटा–लिलिङ–भिमगिठे–पाटाखर्क–दर्लिङ्ग–गंगरे हुदै गाउँपालिकाको केन्द्र अर्खबाङ्गसम्म सडकखण्ड बिस्तार भएको  गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ६ का वडाध्यक्ष  शोभाखर गिरीले बताए  । उनका अनुसार मालिका रिङरोड अन्तर्गत ७७.२ किलोमिटर सडक बिस्तार गरिएको छ ।

स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएपछि गाउँपालिकाले मालिका रङरोड निर्माणको काम सुरु गरेको थियो । रिङरोडको सोमबार लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले उद्घाटन गरेका छन् ।  “स्थानीय तहको संरचनापछि विकट गाउँहरु पनि सुगम बन्दै गएका छन् ।” रिङरोडको उद्घाटन गर्दै श्रेष्ठले भने, “सबै वडाहरू सडकसँग सहज रुपमा जोड्न सक्नु स्थानीय तहको मुख्य उपलब्धि हो ।” स्थानीय तहहरुले थुप्रै विकास निर्माणका कामहरु गरेको उनले बताए ।

आफूहरु निर्वाचित भएपछि थुप्रै चुनावी बाचा पूरा गरेको गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले भनाइ छ  । चुनावी  घोषणा अनुसार मालिका रिङरोडका लागि ट्रयाक खोल्ने काम भएको उनले बताए । अब विस्तारै रिङरोड अन्तर्गतको सडकमा स्तरोन्नति र कालोपत्रे गर्ने काम हुने गाउँपालिकाले जनाएको छ । कूल ८ वटा वडा रहेको मालिका गाउँपालिका केन्द्र ठुला चारै सम्म सबै वडाको सहज पहुँच पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप