नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न मन्त्री अथकको निर्देशन
राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रशासनिक भवनको उद्घाटन गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको भवन उद्घाटन गर्दै मन्त्री अथकले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिए । मन्त्रालयले कार्य विधि बनाएर प्रतियोगिता संचालनको प्रक्रिया सुरु गरेको बताउँदै मन्त्री अथकले आगामी जेठको १५ भित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी युद्धस्तरमा तयारी थाल्न आग्रह गरे ।
जेठ १५ गतेसम्म राष्ट्रिय प्रतियोगिता सम्पन्न भएलगत्तै एसियन गेमको तयारीका लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी युद्धस्तरको तयारीमा लाग्ने योजनामा रहेको मन्त्री अथकले बताए ।
कर्मचारीहरुबाटै राखेपको नेतृत्व गर्ने अवस्था सृजना हुनु आफैमा सकारात्मक पक्ष रहेकाले उक्त अवसरलाई प्रयाप्त मात्रामा सदुपयोग गर्न समेत मन्त्री अथकले सुझाव दिए । “तपाईहरुभित्रबाटै नेतृत्व छनोट हुने गरी छलफल चलाएका छौं”, कर्मचारीहरुको हौसला बढाउँदै मन्त्री अथकले भने, “कार्यकारी पदमापुग्ने उद्धेश्य राखेर निरन्तर कामगर्दै जानुहोस ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’
-
आजको मौसम : पश्चिमी वायुको सामान्य, कहाँको तापक्रम कति ?
-
१७ वर्षीया सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ