बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न मन्त्री अथकको निर्देशन

सोमबार, ०७ चैत २०७८, १८ : ४४
सोमबार, ०७ चैत २०७८

राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रशासनिक भवनको उद्घाटन गरेका हुन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको भवन उद्घाटन गर्दै मन्त्री अथकले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिए । मन्त्रालयले कार्य विधि बनाएर प्रतियोगिता संचालनको प्रक्रिया सुरु गरेको बताउँदै मन्त्री अथकले आगामी जेठको १५ भित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी युद्धस्तरमा तयारी थाल्न आग्रह गरे । 

जेठ १५ गतेसम्म राष्ट्रिय प्रतियोगिता सम्पन्न भएलगत्तै एसियन गेमको तयारीका लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी युद्धस्तरको तयारीमा लाग्ने योजनामा रहेको मन्त्री अथकले बताए । 
 
कर्मचारीहरुबाटै राखेपको नेतृत्व गर्ने अवस्था सृजना हुनु आफैमा सकारात्मक पक्ष रहेकाले उक्त अवसरलाई प्रयाप्त मात्रामा सदुपयोग गर्न समेत मन्त्री अथकले सुझाव दिए ।  “तपाईहरुभित्रबाटै नेतृत्व छनोट हुने गरी छलफल चलाएका छौं”, कर्मचारीहरुको हौसला बढाउँदै मन्त्री अथकले भने, “कार्यकारी पदमापुग्ने उद्धेश्य राखेर निरन्तर कामगर्दै जानुहोस ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप