बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङको सिनाम उच्च माविको नव निर्मित भवन उद्घाटन

सोमबार, ०७ चैत २०७८, १८ : ३५
सोमबार, ०७ चैत २०७८

भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनाममा सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

एमालेका सचिव प्रतिनिधिसभा सदस्य योगेश भट्टराई भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्रा, संविधानसभा सदस्य भुपेन्द्र थेवेले संयुक्त रुपमा उद्घाटन गरिएको छ । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल तीन करोड १० लाख रुपियाँको लागतमा दुई तले भवन निर्माण भएको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये ताप्लेजुङका दुई गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले ताप्लेजुङ जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप