मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सबै स्थानीय तहमा गठबन्धन हुँदैन : उपेन्द्र यादव

सोमबार, ०७ चैत २०७८, १८ : ३०
सोमबार, ०७ चैत २०७८

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आगामी स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताएका छन् । अध्यक्ष यादवले भने सबै तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको प्रष्टाएका हुन् ।  

सोमबार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उनले सबै तहमा गठबन्धन सम्भव नभएको र जहाँजहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्ने बताए । जहाँजहाँ सम्भव हुँदैन त्यहाँ गठबन्धनका दलहरु एक्ला एक्लै मित्रवत ढंगले चुनाव लडने उनको भनाइ छ ।

अध्यक्ष यादवले मधेशी जनताको अधिकारको लागि आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट संघर्ष गरिरहने बताए । उनले निर्वाचनलाई कम खर्चिलो बनाउन निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने पार्टीको अडान पनि दोहो¥याए । 

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई जसपाका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सांसद प्रदीप यादवलगायतले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप