पार्टीको चुनाव चिह्नका लागि ५८ दलले बुझाए विवरण
आगामी स्थानीय तह निर्वाचनमा पार्टीकै चुनाव चिह्नबाट निर्वाचन लड्नका लागि निर्वाचन आयोगमा ५८ राजनीतिक दलले विवरण बुझाएका छन् । ती विवरण अध्ययनको क्रममा रहेको निर्वाचन आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा संचालन गर्ने सन्दर्भमा प्रचलित कानून बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता भएका दलको उम्मेदवारलाई सोही दलको निर्वाचन चिन्ह दिन उपयुक्त निर्णय गर्ने सम्बन्धमा निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम जिल्ला स्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण २०७८ चैत्र ६ गतेभित्र पेश गर्न पत्राचार गरेकोमा आयोगमा ५८ वटा दलहरूबाट विवरण प्राप्त भएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त विवरण अध्ययनको क्रममा रहेको छ । जिल्लामा पेश भएका विवरण आयोगमा प्राप्त हुने क्रममा छन् ।’
साना राजनीतिक दलले चुनाव चिह्नमा विभेद भएको भन्दै चर्को विरोध गरेपछि आयोगले दलकै चुनाव चिह्न दिनेगरी नयाँ निर्णय गरेर विवरण मागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण