पेट्रोलियम पदार्थको आयात– साढे १ खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी भित्रियो
सोमबार, ०७ चैत २०७८, १८ : १०

चालू आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ६७ अर्ब ८२ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात गरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्यांकअनुसार डेढ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थको आयात भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढिरहँदा गत वर्षकै परिमाणमा आयात गर्दा पनि मूल्य ह्वात्तै बढेको हो । यसअवधिमा नेपाल आयल निगमले भारतबाट ८७ अर्ब ८३ करोड ५४ लाख रुपैयाँको डिजेल भित्र्याएको छ । यस्तै, ४० अर्ब ६४ करोड रुपैयाँको एलपीजी र ३९ अर्ब ८५ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ ।
यस अवधिमा ११ लाख ४६ हजार किलोलिटर डिजेल, ४ लाख ८६ हजार किलोलिटर पेट्रोल र ३६ करोड ३ लाख ४६ हजार किलोग्राम एलपीजी ग्यास आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा छौँ : मन्त्री सुडी
-
थुनुवाको पोसाकमा अदालतबाट हाँस्दै बाहिरिए दुर्गा प्रसाईं
-
भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो, तस्बिरमा हेर्नुहोस्
-
नबिल बैंक सम्मानित
-
महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँ : सतिशकुमार सिंह
-
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री