पेट्रोलियम पदार्थको आयात– साढे १ खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी भित्रियो
सोमबार, ०७ चैत २०७८, १८ : १०
चालू आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ६७ अर्ब ८२ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात गरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्यांकअनुसार डेढ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थको आयात भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढिरहँदा गत वर्षकै परिमाणमा आयात गर्दा पनि मूल्य ह्वात्तै बढेको हो । यसअवधिमा नेपाल आयल निगमले भारतबाट ८७ अर्ब ८३ करोड ५४ लाख रुपैयाँको डिजेल भित्र्याएको छ । यस्तै, ४० अर्ब ६४ करोड रुपैयाँको एलपीजी र ३९ अर्ब ८५ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ ।
यस अवधिमा ११ लाख ४६ हजार किलोलिटर डिजेल, ४ लाख ८६ हजार किलोलिटर पेट्रोल र ३६ करोड ३ लाख ४६ हजार किलोग्राम एलपीजी ग्यास आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण