शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस जनताको मन मुटुमा बसेको छ : बानियाँ

सोमबार, ०७ चैत २०७८, १८ : ०५
सोमबार, ०७ चैत २०७८

नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश कार्यसमिति काँग्रेसलाई जनताप्रति अझै जवाफदेही र जिम्मेवार बनाउन सक्रिय ढंगबाट अघि बढिरहेको बताएका छन् ।

सोमबार हेटौंडामा बागमती प्रदेश समितिको तोस्रो पूर्ण बैठकको उद्घाटन समारोहमा बोल्नै नेता बानियाँले काँग्रेस नेपाली जनताको मन मुटुमा बसेको पार्टी भएको बताउँदै काँग्रेसप्रति जनताको विश्वास अझै आर्जन गर्न सबैले आ–आफ्नो क्षेत्रमा भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको तिक्तताहरुलाई विर्सिएर काँग्रेसको पक्षमा जनमत ल्याउन सबैजना अग्रसर हुन आग्रह गरे । उनले आन्तरिक विवादहरुलाई मिलाउँदै, जनताको सुख दुःखमा सरिक हुन सबैको विचार भावनाको सम्मान गर्दै काँग्रेस अघि बढ्ने प्रष्ट पारे ।

काँग्रेसको संगठनलाई अझै चुस्त दुरुस्त बनाउने सन्दर्भमा प्रदेश कार्यसमितिले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । उनले कम्युनिष्टहरुका कारण जनतामाथि भइरहेको समस्याको हल गर्न काँग्रेसका कार्यकर्ता र जनप्रतिनिधिहरु सक्रिय रुपमा लाग्नुपर्ने उनको भनाई छ ।

उनले कम्युनिष्टको दवदवा तोड्दै काँग्रेसले आगामी निर्वाचनमा सफलता हात पार्न आम जनताको घर घरमा पुगेर पार्टीको नीति विचार र एजेण्डाका बारेमा जानकारी गराउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप