यूएईसँग नेपाल ९९ रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग टुमा अन्तर्गतको खेलमा नेपाल आयोजक यूएईसँग ९९ रनले पराजित भएको छ । युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३५.१ ओभरमै अलआउट हुँदै १०३ रनमा समेटियो । दुबई क्रिकेट रंगशालामा नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान दिए । त्यस्तै आरिफ शेख र सोमपाल कामीले १५/१५ रन बनाउँदा बिनोद भण्डारीले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोडेका थिए । यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे भने ओपनर मुहम्मद रिजवानले ३३ रन जोडे । त्यस्तै चिराग सुरीले २६ रन बनाउदा भृत्या अरविन्दले २४ रन जोडे । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए ।
त्यस्तै करण केसी र सोमपाल कामीले समान दुई-दुई विकेट हात पारे । त्यस्तै आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए । यूएईसँगको पहिलो खेलमा पनि ४८ रनले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा