देशभर थपिए ४५ कोरोना संक्रमित
सोमबार, ०७ चैत २०७८, १७ : ४३
पछिल्लो २४ घण्टामा देशभर ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७५२ नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १४७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर तीन हजार १३५ जना सक्रिय संक्रमित रहेका छन् ।