जुम्लामा चार वर्षपछि बल्ल चालक अनुमतिपत्र वितरण गरिने
चार वर्षपछि जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण हुने भएको छ । पछिल्लो समय सवारी चाप बढ्दै गएपछि जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएको हो ।
जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएपछि यहाँका सवारी चालकमा खुसी छाएको छ । ऋण जोहो गरेर अटो खरिद गरी सञ्चालन गरेपनि सवारी चालक अनुमति पत्र नहुँदा जरिवाना तिर्न बाध्य भएका जुम्लेलीले अब जिल्लामै चालक अनुमतिपत्र पाउने भएपछि उनीहरु खुसी भएको स्थानीयवासी पदम बुढाले बताए ।
विगत चार वर्षदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र दिइने कार्य गत फागुन अन्तिम साताबाट जुम्लामै सुरु भएको छ । चालक अनुमतिपत्र दिइने भएपछि सबैभन्दा बढी राहत अटो चालकलाई भएको यातायात व्यवस्था कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले जानकारी दिए ।
बढ्दो माग र जनगुनासोपछि यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना