८ महिनाको वैदेशिक व्यापार : १३ खर्बको आयात हुँदा ११ खर्ब घाटा

चालू आर्थिक वर्ष २०७८/७९ को ८ महिना (साउन–फागुन) मा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले ८ महिनाको तथ्यांक सार्वजनिक गर्दै १३ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको जानकारी दिएको हो ।
यस अवधिमा नेपालबाट जम्मा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ८२.९० प्रतिशतले बढी हो । यस्तै, गत वर्षको यही अवधिको तुलनामा विदेशबाट हुने आयात ३८ प्रतिशतले बढेको छ ।
८२ प्रतिशतले बढेपनि गत वर्ष न्यून रकमको निर्यात हुँदा नेपालले साढे १ खर्ब रुपैयाँ हाराहारीको वस्तु बेचिएको छ । गत वर्षको ८ महिने अवधिमा जम्मा ८० अर्ब ७७ करोड रुपैयाँको निर्यात भएको थियो ।
निर्यात डेढ खर्ब रुपैयाँमा सीमित हुँदा तथा आयात १३ खर्बभन्दा बढी हुँदा नेपालले ११ खर्ब ६० अर्ब ९८ करोड व्यापार घाटा बेहोरेको छ । यो, गत वर्षको यही अवधिको तुलनामा ३४.५० प्रतिशतले बढी हो । गत वर्षको ८ महिनामा नेपालले ८ खर्ब ६३ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको थियो ।
८ महिनाको आयात/निर्यात तथ्यांक
स्रोत– भन्सार विभाग
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले हुलाकबाट पठाए ज्ञानेन्द्रलाई जरिवानाको पत्र
-
राकम कर्णालीमा ५० बेडको स्याटालाइट अस्पताल सञ्चालन कार्ययोजना स्वीकृत
-
औद्योगिक करिडोरमा हटेकै हो त लोडसेडिङ ?
-
तस्बिरमा हेर्नुहोस् आगजनीबाट क्षतिग्रस्त जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र
-
रास्वपाले बोलायो केन्द्रीय समितिको विशेष बैठक
-
दुर्गा प्रसाईंले भने- ‘म भागेको छैन, काठमाडौँकै मन्दिरमा सुरक्षित भएर बसेको छु’