स्थानीय निर्वाचनमा एमालेले सम्भव भएसम्म तालमेल गर्ने
आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अन्य दलसँग आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने भएको छ । यसबारे पार्टीले अहिलेसम्म आधिकारिक निर्णय गरिसकेको छैन् तर सत्तारूढ दलहरू चुनावी तालमेलमा देखिएपछि एमालेले पनि चुनावी तालमेल गर्ने केही नेताले जनाएका छन् ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आवश्यकताको आधारमा अन्य दलहरूसँग चुनावी तालमेल हुने बताए । ‘अहिले नै हामीले निर्णय गरिसकेका छैनौं । तर, स्थानीय तहका उम्मेदवारको जित्ने सम्भावना, अन्य पार्टीका उम्मेदवारको अवस्था लगायत विषय हेरेर सहकार्य वा तालमेल हुनसक्छ ।’ उनले भने ।
पार्टीभित्र पनि यस विषयमा आवाज उठिरहेको उनले बताए । ‘केन्द्रीय कमिटी सदस्यहरूले चुनावी तालमेल गर्ने विषयमा पार्टीको ठोस धारणा आउनु पर्यो भन्नुभएको छ,’ उनले भने, ‘यसमा हामी निर्णय गरेर वामएकता गरेर तालमेल गर्रौ, चुनावी तालमेल गरौं भने जाँदैनौं । हामी आफ्नो शक्तिमा विश्वास गर्छौ । नेकपा एमालेलाई सबै स्थानीय तहमा एकल बहुमतको साथ सरकार निर्माण गर्ने कुरामा लाग्छौँ ।’
स्थानीय तहमा जहाँजहाँ जोसँग सम्भव हुन्छ ति शक्तिहरूसँग चुनावी तालमेल हुनसक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण