सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

पार्टीको निर्णयलाई स्वीकार नगरे निर्वाचन जित्न सकिन्न : प्रदीप पौडेल

सोमबार, ०७ चैत २०७८, १७ : ००
सोमबार, ०७ चैत २०७८

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगरे आसन्न स्थानीय तह निर्वाचन जित्न नसकिने बताएका छन्।  तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने भीमादमा सोमबार आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्वाचनको बेलामा आफूलाई चित्त नबुझे पनि पार्टीको निर्णय स्वीकार गरेर अगाडि जानुपर्नेमा जोड दिए।

 ‘निर्वाचनको बेलामा आफूलाई चित्त बुझेन भने पनि निर्णयलाई स्वीकार गरेर अगाडि जानुपर्दछ,’ नेता पौडेलले भने, ‘पार्टीको निर्णयलाई स्वीकार नगर्ने हो भने कहिले पनि निर्वाचन जित्न सकिँदैन।’

निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय नभएको भन्दै उनले भाषणहरूमा काँग्रेसभित्रको कुरा नल्याउन र आलोचना नगर्न पनि कार्यकर्ताहरूलाई आग्रह गरे।  ‘निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय होइन। चित्त बुझने भने त्यो कुरालाई थाती राख्नुस्,’ उनले भने, ‘ भाषणहरूमा काँग्रेसभित्रको कुरा नल्याउनुस्, आलोचना नगर्नुस् ।’

आफूलाई नेतृत्वमाथि औँला ठड्याउने मान्छेको रुपमा प्रस्तुत गर्दै पौडेलले सधैँ भरी प्रश्न गरिराख्न नमिल्ने पनि जिकिर गरे।  ‘कम्युनिस्टको भ्रमलाई चिर्ने गरी हामीमा क्षमता अभिवृद्धि गरौँ। म पनि नेतृत्वलाई औँला ठड्याउन कोशिस गर्ने मानिस हुँ। गलत भएको ठाउँमा गलत भन्ने मानिस हुँ। तर, त्यसो सधैँ भरी भनिरहन मिल्दैन,’ उनले भने। 

नेता पौडेलले निर्वाचनको समयमा पार्टीमा चित्त नबुझेका कुराहरु पनि सामाजिक सञ्जालमा नलेख्न नेता–कार्यकर्ताहरुलाई सुझाव दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप