मधेशी आयोगको तेस्रो वार्षिकोत्सव सम्पन्न

मधेशी आयोगले आफ्नो तेस्रो वार्षिकोत्सव बनाएको छ । आयोगले सोमबार अध्यक्ष डा विजयकुमार दत्तले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ खाएको दिनको अवसरमा आफ्नो तेस्रो वार्षिकोत्सव बनाएको होे ।
आयोगका अध्यक्ष दत्तले आयोगले ३ वर्षमा गरेको काम तथा गतिविधिको बारेमा जानकारी गराएका छन् । अध्यक्ष दत्तका अनुसार आयोगले यो ३ वर्षमा तराई-मधेशका विभिन्न जिल्लाको अनुगमन तथा निरीक्षण, नेपाल-भारत सिमाका विभिन्न स्थानहरूको स्थलगत अवलोकन तथा अनुगमन, आयोगमा पुस्तकालयको स्थापना, आयोगलाई पूर्ण प्रविधि-मैत्री बनाउने, टोल फ्री तथा हेल्पलाइन नम्बरको संचालन, अधिकृत स्तरको लोक सेवा तयारी कक्षा अभिमुखीकरण तथा संचालन, आयोगको लोगो निर्माण, ई-लाइब्रेरी स्थापना, ई-हाजिरीको व्यवस्था, विज्ञहरूको रोस्टर तयार, आयोगको चौमासिक बुलेटिन प्रकाशन, अन्धविश्वास, बालविवाह, दाइजो प्रथा, छुवाछुत जस्ता कुरितीविरुद्ध अभिमुखीकरण कार्यक्रम संचालन, प्रदेश १, मधेश प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशमा मधेशी समुदायको सशक्तीकरणका लागि लोकसेवा तयारी अभिमुखीकरण कक्षा संचालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला विश्वकप आयोजनामा इङ्ल्यान्डसहित चार राष्ट्रको संयुक्त दाबी
-
१५ औँ महाधिवेशनमा कांग्रेसको संस्थापन समूह ‘इन्ट्याक्ट’ रहला ?
-
मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु
-
माओवादी अभियान : अध्यक्ष प्रचण्डसहितको टोली आज सर्लाही प्रवेश गर्दै
-
बुढानीलकण्ठमा भेला भएकाहरू महाधिवेशनमा एकै ठाउँ रहँदैनन्
-
कराँते महासंघको वार्षिक साधारणसभा बाराको निजगढमा