शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

स्वदेश फर्किइन् मिस नेपाल नम्रता

सोमबार, ०७ चैत २०७८, १६ : २९
सोमबार, ०७ चैत २०७८

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छन् । अमेरिकाको पुएर्तो रिकोमा आयोजित ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी भएर उनी सोमबार स्वदेश फर्किएकी हुन् । ‘मिस वर्ल्ड’ को प्लेटफर्ममा आफुले नेपाल चिनाउन सफल भएको उनले बताएकी छन् ।

प्रतियोगितामा हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी अन्तिम ३० बाटै बाहिरिएकी थिइन् । गत फागुन २६ मा प्रतियोगिताका लागि अमेरिका उड्ने क्रममा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’मा सहभागी हुन लागेको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप