देशभर अशोक लेलैण्डको ‘मेघा सर्भिस क्याम्प’ मा छुट अफर

आइएमई ग्रुप अन्तर्गत संचालित अशोक लेलैण्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ देशैभर सञ्चालन गरेको छ । आफ्ना १५ सर्भिस सेन्टरहरूमा लागू हुने गरी क्याम्प सुरु भएको हो । आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठ, साथै अन्य यातायात छेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा काठमाडौंमा क्याम्पको संयुक्त रुपमा समुद्घाटन गरिएको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै पार्ट्समा ५०५ सम्म छुट, लुब्रिकेन्टमा १२५ सम्म छुट र लेबर चार्जमा ३०५ छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुनेछ । यस सर्भिस क्याम्पको दौरान ग्राहकले विभिन्न आकर्षक उपहारका साथसाथैै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, १ लिटर सम्मको फ्रि इन्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।
सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुनेछ ।
सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको योजना चैत ६ देखि ११ गतेसम्म लागु हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’