जगदम्बा स्टील्सले सुरु गर्यो तेस्रो देशमा उत्पादनको निर्यात
जगदम्बा स्टील्सले थाल्यो निर्यात जगदम्बा स्टील्सले तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । कम्पनीका अनुसार जगदम्बा स्टील्सका उत्पादनहरु, जगदम्बा सुपर शाइन र ग्याल्भा+ रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ ।
जगदम्बा स्टील्सले केही समय अगाडि मात्रै “सीआर सिट एंड कोइल्स”हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो । “उपभोक्ता सन्तुष्टिका लागि उत्कृष्ट गुणस्तरको निरन्तर्ता हाम्रो प्रतिवद्धता तथा प्रथम प्राथमिकता हो ।
नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ, ”, जगदम्बा सुपर साइन र ग्याल्भा+को तेस्रो देश निर्यात थालनीको सुअवसरमा बोल्दै जगदम्बा स्टील्सका प्रवक्ताले भने, “यस संगै गुणस्तरको निरन्तर्ताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म