एमालेको उम्मेदवार छनोट मापदण्ड हेरफेर
नेकपा एमालेले यसअघि सचिवालयले गरेको स्थानीय तह निर्वाचनका उम्मेदवारको विधि हेरफेर गरेको छ । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेताहरुले दिएको सुझावका आधारमा उम्मेदवार सिफारिस विधिमा हेरफेर गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
यसअघि चैत १ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने विधि तय गरेकोमा पोलिटब्युरो बैठकले त्यसलाई हेरफेर गर्दै वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव पास गरेको हो ।
त्यसरी गरिएको सिफारिसलाई पालिका कमिटीमार्फत जिल्ला कमिटीले निर्णय गर्ने प्रचार विभाग प्रमुख गुरुङले बताए । त्यस्तै पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको सिफारिस सम्बन्धित पालिका कमिटी हुँदै जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने भएको छ । यसअघि पालिका प्रमुख उपप्रमुख पालिकाको सिफारिसमा जिल्ला कमिटीले गर्ने बताएको एमालेले अव भने प्रदेशले गर्ने भएको छ । महानगरपालिका र उपमहानगरपालिका मेयर तथा उपमेयरको निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने यसअघिकै निर्णय सदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण