नेप्सेमा १७ अंकको सुधार, कारोबार २ अंकमा सिमित

आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ अंकले बढेको छ । कारोबार घटेर सुरू भएपनि अन्तिम समयमा सुधार आउँदा परिसूचक १८ अंकले बढेको हो । दोहोरो अंकले बढेसँगै नेप्से परिसूचक २६ सय ३४ अंकमा पुगेर रोकिएको छ ।
यसक्रममा २ अर्ब ५९ करोड रुपैयाँ बराबरको ५१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम न्यून रहेपनि कारोबार भएका १३ मध्ये. ११ समूहमा सुधार आएको छ । जीवन बीमा समूह १६८ अंकले बढ्दा विकास बैंक समूह १३२ अंकले बढेको छ ।
यस्तै, जलविद्युत समूह ८३ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ५६ अंकले बढेको छ । यस्तै, आज होटल एण्ड टुरिजम समूह १३ अंकले र अन्य समूह ४२ अंकले घटेको छ । बजार दोहोरो अंकले बढेको दिन इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । करिब १० प्रतिशतले बढेसँगै कम्पनीको सेयर मुल्य प्रतिकित्ता ५७१ अंक पुगेको छ । कारोबार सुरू भएदेखि नै बढ्न थालेको कम्पनीमा लगातार सकरात्मक सर्किट लागेको हो ।
आज नेप्सेमा नेपाल टेलिकमको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको सेयर २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यसपछि अरुण भ्याली हाइड्रोपावर विकास कम्पनीको सेयर ९ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से परिसूचक हिजो आइतबार १४ अंकले घटेको थियो । त्यसक्रममा २ अर्ब २७ करोड रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा