शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

राजदूत पोलिटद्वारा मिथिला चित्रकलाको अवलोकन

सोमबार, ०७ चैत २०७८, १४ : २९
सोमबार, ०७ चैत २०७८

नेपालका लागि बेलायती राजदूत निकोला पोलिट​ जनकपुरधाममा छिन् । उनले सोमबार जनकपुरधामस्थित विभिन्न स्थलको अवलोकन तथा निरीक्षण गरेकी छन् ।

सो क्रममा उनले जनकपुरधाममा मिथिला चित्रकलाको समेत अवलोकन गरिन् । अवलोकनको क्रममा राजदूत पोलिटले मिथिला चित्रकलाको प्रचारप्रसारमा लाग्ने बताइन् । उनले महिलाहरु सामूहिकरुपमा  एकत्रित भई मिथिला कला क्षेत्रका लागि अग्रसर रहेकाले यसको बजारीकरण, व्यवसायीकरण तथा सहज व्यवस्थापन प्रति गम्भिर रहेको बताइन् । उनले मिथिला चित्रकलाका लागि आफूले सक्दो सहयोग गर्ने बताइन् ।  

नारी विकास केन्द्रको निरीक्षण गर्दै राजदूत पोलिट​ले मिथिला चित्रकलाको बजारीकरण, र अन्तर्राष्ट्रियकरणका लागि आफू तत्पर रहेको बताइन् ।  

सो अवलोकनको क्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता झा मिश्रले सामूहिकरुपमा महिलाहरुको लगनशीलताकै कारण मिथिला चित्रकलाको चर्चा हुने गरेको बताइन् । यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले मिथिला चित्रकलाको व्यवस्थापन र बजारीकरणका लागि पूर्वाधार निर्माण गर्नु अति नै आवश्यक रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप