राजदूत पोलिटद्वारा मिथिला चित्रकलाको अवलोकन
नेपालका लागि बेलायती राजदूत निकोला पोलिट जनकपुरधाममा छिन् । उनले सोमबार जनकपुरधामस्थित विभिन्न स्थलको अवलोकन तथा निरीक्षण गरेकी छन् ।
सो क्रममा उनले जनकपुरधाममा मिथिला चित्रकलाको समेत अवलोकन गरिन् । अवलोकनको क्रममा राजदूत पोलिटले मिथिला चित्रकलाको प्रचारप्रसारमा लाग्ने बताइन् । उनले महिलाहरु सामूहिकरुपमा एकत्रित भई मिथिला कला क्षेत्रका लागि अग्रसर रहेकाले यसको बजारीकरण, व्यवसायीकरण तथा सहज व्यवस्थापन प्रति गम्भिर रहेको बताइन् । उनले मिथिला चित्रकलाका लागि आफूले सक्दो सहयोग गर्ने बताइन् ।
नारी विकास केन्द्रको निरीक्षण गर्दै राजदूत पोलिटले मिथिला चित्रकलाको बजारीकरण, र अन्तर्राष्ट्रियकरणका लागि आफू तत्पर रहेको बताइन् ।
सो अवलोकनको क्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता झा मिश्रले सामूहिकरुपमा महिलाहरुको लगनशीलताकै कारण मिथिला चित्रकलाको चर्चा हुने गरेको बताइन् । यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले मिथिला चित्रकलाको व्यवस्थापन र बजारीकरणका लागि पूर्वाधार निर्माण गर्नु अति नै आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती